पूर्व स्वास्थ्यमन्त्री डा. श्रेष्ठको निधन
काठमाडौं: पूर्व स्वास्थ्यमन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दम र छाती रोगको सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनका छोरा डा. जय श्रेष्ठले जानकारी दिए।
वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए।
विसं २०४६ मा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए। उनका ६ छोरा र एक छोरी छन्।
उनको मङ्गलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।
फागुन ८, २०७९ सोमबार ०८:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।