लुम्बिनीका नवनियुक्त मन्त्री अहिरको शपथ ग्रहण आज
बुटवल: लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई आज शपथ ग्रहण गराइने भएको छ। जनता समाजवादी पार्टी (जसपा) का नेता अहिरलाई आइतबार मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त गरेका हुन्।
भण्डारीलाल बाँके क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन्।
यसअघि कृषिमन्त्री रहेका एमालेका तुल्सीराम शर्मालाई बिनाविभागीय मन्त्री बनाइएको छ। शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।
फागुन ८, २०७९ सोमबार ०७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।