उकेरा टप फाइभ : पूर्व राजालाई ओलीले दिएको जवाफदेखि कर्मश क्याम्पसको यौन दुर्व्यवहारको घटनाको चिरफारसम्म

उकेरा टप फाइभ : पूर्व राजालाई ओलीले दिएको जवाफदेखि कर्मश क्याम्पसको यौन दुर्व्यवहारको घटनाको चिरफारसम्म

काठमाडौं : आज बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका महामन्त्री विश्वप्रकास शर्मा दुवैले अबको राष्ट्रपति आ-आफ्नै पार्टीबाट बन्ने उल्लेख गरेका थिए।

ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि बाँकी राखेनन्। शाह हाल निकै अलमलमा रहेकाले विभिन्न सयममा विभिन्न अभिव्यक्तिहरू दिइरहने प्रतिक्रिया ओलीले दिए।

आजै आगजनीमा ६ महिना कैद र तीन लाख जरिवाना तोकिएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले राजनीतिक स्वार्थमा कारागार मुक्त गरेको थियो।

आजका टप फाइभ

कर्णाली : प्रदेशसभामा बिजनेस छैन, ‘मिनी संसद्’ समेत नेतृत्त्वविहीन

उकेरामा आजको दिनको सुरुवात कर्णाली प्रदेशको स्टोरीबाट भएको थियो। कर्णालीको मन्त्रिपरिषद्ले पूर्णता पाएको एक महिना बढि भएपनि प्रदेशसभा बिजनेसविहीन हुँदा सरकारका मुख्यमन्त्री र मन्त्रीहरू हाल विभिन्न कार्यक्रम र उद्घाटनमा मात्र मस्त छन्।

डा. ईन्द्र ढकालको बदमासी : बुटवल बसेर दुर्गमको सुविधामा बढुवाका लागि आवेदन, आयोगले लगाइदियो लालमोहर

उता लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकाल नियमविपरीत एघारौं तहमा बढुवा सिफारिस भएको पाइएको छ।

बुटवलमा बसेर दुर्गमको सुविधामा बढुवाका लागि आवेदन दिएका उनी दुर्गम नै नगई दुर्गमवापत लिने सुविधा लिएर बढुवामा सिफारिस भएको समाचार उकेराले प्रकाशित गरेको थियो।

पूर्व राजालाई ओलीको प्रश्न - ‘२४० वर्ष शासन गर्दा देश कहाँ पुर्याउनुभएको थियो?’

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा मुलुकको अवस्था बिग्रिएको अभिव्यक्ति दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको जवाफ दिएका छन्।

जवाफमा उल्टै ओलीले २४० वर्षभन्दा बढी शासन गरेर यो देशलाई कहाँ पुराउनुभयो भनेर शाहलाई प्रश्न गरेका थिए।

केन्द्रीय कारागार र कैलालीमा देखिएको प्रजातन्त्र दिवसको दुई 'कुरूप' दृश्य

आजै प्रजातन्त्र दिवसको मौका पारेर सरकारले  १४ जनाको सजाय माफ गर्यो। जसमा जन्मकैदको सजाय काटिरहेका पुष्कर गौतम र आगजनीमा ६ महिना कैद र तीन लाख जरिवाना तोकिएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पनि थिए।

प्रजातन्त्र दिवसको दिन यी दुई पनि फूलमालासहित कारागारमुक्त हुनु प्रजातन्त्र माथि नै गरिएको मजाक थियो।

नेपाल कर्मश क्याम्पसको यौन दुर्व्यवहारको घटना प्रहरी कार्यालय पुग्दा 'दबाबमा मिलापत्र', जोगाउने बहाना खोज्दै त्रिवि

आइतबार नै उकेराले नेपाल कर्मश क्याम्पसको यौन दुर्व्यवहारको घटना प्रहरी कार्यालयसम्म पुग्दा दबाबमा मिलापत्र गराउन खोजिएको बारेमा स्टोरी प्रकाशित गरेको थियो।

फागुन ७, २०७९ आइतबार २१:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।