अहिलेसम्म राष्ट्रपतिका विषयमा कसैसँग सहमति भएको छैन : उपाध्यक्ष सापकोटा
काठमाडौं : माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अहिलेसम्म राष्ट्रपतिका विषयमा कुनै सहमति नभएको बताएका छन्।
प्रेस सेन्टर सिन्धुलीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रपतिको विषयमा कसैसँग पनि सहमति नभएको बताए। साथै उनले राष्ट्रपतिको चयन भने राष्ट्रिय सहमतिबाटै हुन सक्ने पनि उल्लेख गरे।
राष्ट्रपतिको उम्मेदवार नै राष्ट्रिय सहमतिका आधारमा चयन गर्नुपर्ने बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसैका लागि लागि परेको बताए।
फागुन ७, २०७९ आइतबार २१:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।