पूर्व राजालाई लिएर कार्यक्रम गरेकोमा कारबाहीमा पर्ने भएपछि दुर्गा प्रसाईंले छाडे एमाले
काठमाडौं : एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन्। प्रसाईंले पार्टी अध्यक्ष केपी ओलीसमक्ष राजीनामा बुझाउने तयारी गरेको जानकारी दिएका छन्।
प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई साथै लिएर कार्यक्रम आयोजना गरेको भन्दै एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाहीका लागि सिफारिस गरेको थियो।
कारबाहीका लागि सिफारिस भएपछि पार्टीको निर्णय नआउँदै उनी आफैंले एमालेबाट अगल हुने घोषणा गरेका हुन्।
फागुन ७, २०७९ आइतबार २०:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।