अबको राष्ट्रपति कांग्रेसबाटै बन्नेमा कुनै शंका छैन : महामन्त्री शर्मा
सुर्खेत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट नै बन्ने बताएका छन्।
नेपाली कांग्रेस सुर्खेतले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुनेमा कुनै शङ्का नरहेको बताए।
उनले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको उल्लेख गरे।
फागुन ७, २०७९ आइतबार १९:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।