राष्ट्रपति एमालेबाटै बन्ने ओलीको उद्घोष
विराटनगर : एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपति पनि एमालेबाटै बन्ने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे।
एमालेले राष्ट्रपतिका लागि मनोनयन दर्ता गर्ने दिनमा नै नाम सार्वजनिक गर्ने उल्लेख गर्दै उनले एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन माओवादी केन्द्रको पनि साथ र समर्थन रहने बताए।
फागुन ७, २०७९ आइतबार १६:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।