भारतले जित्यो अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट, जडेजाको सानदार बलिङ
एजेन्सी : भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट म्याच ६ विकेटले जितेको छ। चार खेलको सिरिजमा भारतको यो लगातार दोस्रो जित हो।
टेस्ट म्याचको तेस्रो दिन स्पिनर रविन्द्र जडेजाले सानदार बलिङ गरेपछि अष्ट्रेलिया दोस्रो इनिङमा मात्र ११३ रनमा अलआउट भयो। जडेजाले १२.१ ओभरमा ४२ रन खर्चिएर ७ विकेट लिएका थिए।
अष्ट्रेलिया सस्तैमा समेटिएपछि जितको लागि पाएको ११५ रनको लक्ष्य भारतले ४ विकेटको क्षतिमा पूरा गर्यो। भारतको जितमा चेतेश्वर पुजाराले र रोहित शर्माले सर्वाधिक ३१/३१ रन जोडेका थिए।
यो जितपछि भारत आइसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल नजिक पनि पुगेको छ।
फागुन ७, २०७९ आइतबार १५:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।