टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४६ हजार नाघ्यो

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४६ हजार नाघ्यो

एजेन्सी : टर्की र सिरियामा गत माघ २३ गते गएको भूकम्पमा परी हालसम्म ४६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्।

हालसम्म टर्कीमा ४० हजार ६ सयभन्दा बढी र सिरियामा ५ हजार ८ सय जनाले ज्यान गुमाएका बताइएको छन्।

टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा क्षति भएको छ।

विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरणले आज साँझदेखि खोजी तथा उद्धार कार्य स्थगन गर्ने जनाएको छ। यस अवधिमा चार लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइएको छ। 

फागुन ७, २०७९ आइतबार १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।