नेवा: मुस्लिम समाजद्वारा टर्कीका भूकम्पपीडितका लागि सहयोग

नेवा: मुस्लिम समाजद्वारा टर्कीका भूकम्पपीडितका लागि सहयोग

काठमाडाैं : नेवा: मुस्लिम समाजले माघ २३ गते टर्कीमा गएको विनाशकारी महा-भूकम्पबाट प्रभावित परिवारका लागि सहयोग गरेको छ।

बच्चाहरूको लागि सेरेलेक्स, ब्याङ्केट, डाइपर र केही ज्याकेट हाम्रो नेपाल संस्था मार्फत टर्की पठाइएको समाजका अध्यक्ष निसार उद्दिनले जानकारी दिए।

मानवताका आधारमा सकेकाे सहयोग गरेकाे उनले बताए। नेपालमा भूकम्प जाँदा टर्कीले सहयो गरेको स्मरण गर्दै उनले टर्की अप्ठ्यारोमा परेको बेला आफूहरूले सानो सहयोग पठाउन लागको बताए।

फागुन ७, २०७९ आइतबार १२:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।