जिउँदा शहीद प्रजातन्त्र सेनानी मदन चन्दको निधन
काठमाडौं : पञ्चायती व्यवस्थाविरुद्ध अभियानमा सुदूरपश्चिमका मजबुत खम्बाका रूपमा परिचित तथा जिउँदा शहीदको उपमा पाएका मदन चन्दको निधन भएको छ।
फागुन ३ गते उनको निधन भएको हो। पञ्चायती व्यवस्थाविरुद्ध बोले मात्रै पनि जेल हुने समयमा उनी प्रजातन्त्र प्राप्तिका लागि ५७ पटक पक्राउ परेर जेल र हिरासत गएका थिए।
पञ्चायती व्यवथाविरुद्ध कसैको बोल्ने आँट नहुँदा उनले महेन्द्रनगरको खुल्लामञ्चमा २०४६ साल फाल्गुन ७ गते कालो झन्डा देखाएका थिए।
त्यसपछि उनलाई दरबारबाट गोली हान्ने आदेश आए पनि बच्न सफल भए। २०४६ पछि नै उनलाई कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले ज्युदा शहीदको उपमा दिएका हुन्।
२०४६ पछि नेपाली कांग्रेसमार्फत राजनीति प्रवेश गरेका उनी २०४७ देखि २०६०साल सम्म कञ्चनपुरमा सबै पार्टीका सम्मानित व्यक्तित्व थिए। २०६० सालपछि उनले सक्रिय राजनीतिबाट सन्यास लिएका थिए।
फागुन ७, २०७९ आइतबार ११:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।