बढ्यो सुनचाँदीको भाउ
काठमाडौं : साताको पहिलो दिन सुनचाँदीको भाउ बढेको छ।
शुक्रबारको तुलनामा सुनमा प्रतितोला ७ सय रुपैयाँ बढ्दा चाँदीमा तोलको १५ रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख ३ हजार २ सय रुपैयाँ कायम भयो। तेजाबी सुनको मूल्य भने १ लाख २ हजार ७ सय रुपैयाँ तोकिएको छ।
यस्तै चाँदीको मूल्यमा १५ रुपैयाँले वृद्धि भएर आइतबार तोलको १ हजार २ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
फागुन ७, २०७९ आइतबार ११:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।