'२०४६ फागुन ७ गते प्रजातन्त्र स्थापना' लेखिएपछि टिपेक्स लगाएर सच्याइयाे मुख्यमन्त्रीको विज्ञप्ति

'२०४६ फागुन ७ गते प्रजातन्त्र स्थापना' लेखिएपछि टिपेक्स लगाएर सच्याइयाे मुख्यमन्त्रीको विज्ञप्ति

काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रजातन्त्र दिवस भुलेपछि ट्रोलको सिकार भएका छन्।

२००७ फागुन ७ गते स्थापना भएको प्रजातन्त्र दिवसलाई मुख्यमन्त्री यादवले २०४६ फागुन ७ भनेर विज्ञप्ति जारी गरेपछि उनी ट्रोलको सिकार भएका हुन्।

१०४ वर्षे राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको भएको दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गतेलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’को रुपमा मनाइन्छ।

मुख्यमन्त्रीले नै प्रजातन्त्र स्थापना भएको दिन भुलेको भन्दै अहिले समाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ।

आलोचना बढेपछि २०४६ को ठाउँमा टिपेक्स लगाएर २००७ बनाई अर्को सन्देश जारी गरिएको छ।

फागुन ७, २०७९ आइतबार १०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।