मुम्बईबाट चन्द्र भण्डारीले भने– ‘सुधार हुँदैछ, मेरो चिन्ता लिनुपर्दैन’

मुम्बईबाट चन्द्र भण्डारीले भने– ‘सुधार हुँदैछ, मेरो चिन्ता लिनुपर्दैन’

काठमाडौं : ग्यास सिलिन्डर चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको र चिन्ता लिनु नपर्ने बताएका छन्।

मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचार गराइरहेका भण्डारीले आफ्नो चिन्ता नलिन भनेको कांग्रेसका नेता तथा व्यवसायी योगराज कँडेलले जानकारी दिए।

शनिबार राति आफूले भण्डारीलाई भेटेर कुराकानी गर्ने क्रममा उनले ‘मेरो केहि चिन्ता लिनुपर्दैन’ भनेको कँडेलले बताए।

भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको र उनी बोल्न तथा हाउभाउ देखाउन सक्ने अवस्थामा पुगेका छन्।

भण्डारीको मुख र हातको जलेको भागमा छाला पलाउन सक्ने सम्भावना रहेकाले तत्काललाई अर्को शल्यक्रिया नगर्ने डाक्टरलाई उद्धृत गर्दै कँडेलले जानकारी दिए।

गएको बुधबार राति काठमाडौंको बुद्धनगरमा रहेको निवासमा ग्यास सिलिन्डर चुहिएर भएको आगलागीमा सांसद भण्डारी र आमा हरिकला भण्डारी घाइते भएकोमा आमा हरिकलाको निधन भएको थियो।

फागुन ७, २०७९ आइतबार ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।