मौसममा पश्चिमी वायुको आंशिक प्रभाव, मंगलबार पानी पर्ने सम्भावना

मौसममा पश्चिमी वायुको आंशिक प्रभाव, मंगलबार पानी पर्ने सम्भावना

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया छ।

दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

फागुन ८ गते सोमबार मौसम सामान्य रहे पनि ९ गते मंगलबार भने हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा उल्लेख छ।

त्यस दिन प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

फागुन ७, २०७९ आइतबार ०७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।