१३ तस्बिरमा पशुपतिनाथको महाशिवरात्रि

१३ तस्बिरमा पशुपतिनाथको महाशिवरात्रि

काठमाडौं : महाशिवरात्रिका अवसरमा पूजा आराधनाका लागि विहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको भीड लाग्यो। अहिले पनि भक्तजनहरू पशुपतिनाथमा भेला भएर बसेका छन्।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइनेयस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।

शनिबार पशुपतिनाथ परिसर भव्य देखियो। फूलफूलले सजाइएको मन्दिर दर्शनका लागि नेपालका साथै भारतबाट समेत हिन्दु धर्मावलम्बीहरु आए। मन्दिर परिसरमा उमेरले पाकादेखि भर्खरका बाबाहरूसमेत देखिए। उनीहरू शिवको प्रसाद भन्दै बेफिक्री गाँजा तानिरहेका थिए।
हेरौं महाशिवरात्रिको पशुपतिनाथः

फागुन ६, २०७९ शनिबार २१:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।