भारतमा थप बिजुली निर्यातको तयारी

काठमाडौं : नेपालबाट भारतमा थप बिजुली निर्यात गर्ने तयारी गरिएको छ।
भारतमा जारी नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालबाट भारतमा थप बिजुली निर्यात गर्ने बारेमा छलफल थालिएसँगै थप बिजुली निर्यात गर्ने बाटो खुलेको हो।
अहिले नेपाल–भारत ऊर्जा सचिवस्तरीय १०औं बैठक भारतको माउण्ट आबुमा चलिरहेको छ। बैठकको नेतृत्व नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले गरिरहेका छन्।
बैठकमा भारतमा थप बिजुली निर्यात, सीमापार अन्तर्देशीय प्रसारण लाइन निर्माण लगायतका विषयमा छलफल भएको छ।
गत २७ डिसेम्बरमा नयाँ दिल्लीमा भएको दुई देशका प्राविधिक सह-सचिव स्तरीय बैठक ज्वाइन्ट टेक्निकल टिम (जेटीटी)ले सचिव स्तरीय बैठक संयुक्त रूपमा सञ्चालन समिति ९जेएससी० का एजेण्डाहरू तय गरेको थियो।
फागुन ६, २०७९ शनिबार १८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।