खुला हाफ म्याराथनको उपाधि गजेन्द्र राईलाई

खुला हाफ म्याराथनको उपाधि गजेन्द्र राईलाई

बुटवल : बुटवलमा आयोजित खुला पुरूष/महिला खुला हाफ म्याराथनको उपाधि गजेन्द्र राईले जितेका छन्।

सेना दिवसको अवसरमा मध्यपश्चिम पृतना हेडक्वाटर र श्री नम्बर २२ बाहिनी अडडाको संयुक्त आयोजना शनिबार भएको खेलमा द्वितीय स्थानमा सुशीलकुमार शाही आउँदा जितेन्द्र दनुवार तेस्रो भए।

२१ किलोमिटर उक्त दौडको प्रथम पुरस्कार ४० हजार द्वीतीयको २५ हजार र तृतीयका १५ हजार रहेको छ।

त्यस्तै, १० किलोमिटरतर्फको दौडमा खगेन्द्र रानाभाट प्रथम, संजीत नेपाली दोस्रो र रमेश सिजापती तेस्रो भए। उनीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कार जिते।

त्यस्तैगरी १० किलोमिटर महिलातर्फ गीता विक पहिलो, निर्मला केसी दोस्रो र धनमाया बोहरा तेस्रो भए। उनीहरूले पनि क्रमशः १५, १० र ५ हजार रुपैयाँ जिते।

२१ किलोमिटर दौड  देवदहको पिपलबोटदेखि जितगढी किल्लासम्म थियो भने १० किलोमिटर दौड जितगढी किल्लाबाट नयाँगाउँ हुदै जितगढीसम्म थियो।

प्रतियोगितामा ५०० जना सहभागी रहेको मध्यपश्चिम पृतना हेडक्वाटरका प्रमुख उपरथी यामप्रसाद ढकालले जानकारी दिए।

फागुन ६, २०७९ शनिबार १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।