खेलाडी र फ्यानसँग होइन, ग्राउन्ड स्टाफसँग जितको खुसी साटे मुख्य प्रशिक्षकले

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत कीर्तिपुरमा जारी त्रिदेशीय सिरिजमा शनिबार नेपालले नामिबियालाई ३ विकेटले पराजित गर्यो।
जितपछि हात मिलाएर खेलाडीहरू कीर्तिपुर मैदानमा उपस्थित १० हजारभन्दा बढि दर्शकलाई धन्यवाद दिन गए। तर, मुख्य प्रशिक्षक मोन्टी देसाइ भने पिच भएतर्फ अघि बढे।
उनी त्यहाँ जाँदा ग्राउन्ड स्टाफ आएर पिचको काम गर्न थालिसकेका थिए। ग्राउन्ड स्टाफ अलमलमा परे र अलि-अलि नर्भस पनि देखिए।
पिचमा रहेका सबै स्टाफ एकै ठाउँमा जम्मा भए। देसाइ हँसिलाे मुहार लिएर आएपछि उनीहरू अलि ढुक्क देखिएर। मुस्कानले नै उनलाई स्वागत गरे।
देसाइले त्यहाँ भएका स्टाफलाई धन्यवाद दिएर कामका लाग आभारसमेत व्यक्त गरे। साथै उनले जितको खुशीसमेत ग्राउन्ड स्टाफसँगै साटे।
फागुन ६, २०७९ शनिबार १७:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।