त्रिदेशीय सिरिजमा नेपालको लगातार तेस्रो जित
काठमाडौं : नेपालले आईसीसी क्रिकेट लिग–२ अन्तरर्गत घरेलु त्रिदेशीय सिरिजमा लगातार तेस्रो जित निकालेको छ।
शनिबार कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २७५ रनको लक्ष्य ७ विकेट गुमाएर ४६ ओभरमा भेट्टायो।
नेपालका लागि आशिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय पारी खेले।
आशिफले ८१, ज्ञानेन्द्रले ६५ र कुशलले ६२ रन ल्याए। रोहित पौडेलले ३९ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ नामिबियाका रुबेन ट्रम्पेलम्याले तीन, बर्नाड स्कालेट्जले दुई तथा टन्गेनी लुन्गामेनी र पिक्की या फ्रान्सले समान एक–एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनायो।
उसका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए। उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए। पीकीं या फ्रान्सले ४९ रन बनाए।
लोहार्ड लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए। कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५–१५ रन बनाए।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए।
जितसँगै नेपालले २७ खेलमा अंक ल्याएर छैटौं स्थानमा कायमै छ।
फागुन ६, २०७९ शनिबार १६:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।