जितका लागि २७५ रन पछ्याएको नेपालले तेस्रो ओभरमै गुमायो विकेट

जितका लागि २७५ रन पछ्याएको नेपालले तेस्रो ओभरमै गुमायो विकेट
तस्बिर : क्यान

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियाले नेपालसामु जितका लागि २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ५० ओभरमा नामिबियाले ६ विकेटको क्षतिमा २७४ रन बनाएको थियो।

यता जवाफी ब्याटिङमा उत्रिएको नेपालले आफ्नो पारीको तेस्रो ओभरमै एक विकेट गुमायो। ओपनर कुशल भुर्तेल पाँच बलमा एक रन बनाउँदै पभेलियन फर्के। यतिबेला क्रिजमा आशिफ शेख र ज्ञानेन्द्र मल्ल छन्।

आशिफले ३१ बलमा २७ रन बनाएका छन् भने ज्ञानेन्द्रले ३० बलमा १५ रन बनाएका छन्।

समाचार तयार पार्दासम्म ११ ओभरको खेल सकिएको छ। नेपालको स्कोर एक विकेटको क्षतिमा ४८ रन छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।

फागुन ६, २०७९ शनिबार १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।