बुल्गेरियाको राजधानीनजिकै परित्यक्त ट्रकमा १८ आप्रवासी मृत फेला

एजेन्सी: बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तीमा १८ जना आप्रवासीहरू एक परित्यक्त (त्यागिएको) ट्रकमा मृत फेला परेका छन्। त्यहाँको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको हो।
प्रारम्भिक जानकारीअनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको बताइएको छ। आप्रवासीहरू काठ बोकेको ट्रकमा लुकाएर यात्रा गराइएको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उनीहरूमध्ये १८ जनाको मृत्यु भइसकेको र केही बाँचेकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ। यस विषयमा अनुसन्धान जारी छ।
फागुन ६, २०७९ शनिबार ११:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।