लिम्बू सामुदायको राष्ट्रिय सम्मेलन चितवनमा
काठमाडौं: लिम्बू समुदायको साझा संस्था किराँत याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय सम्मेलन यही फागुन ७ र ८ गते चितवनमा हुने भएको छ। सम्मेलनमा १३ जिल्लाका २८८ प्रतिनिधिको सहभागिता हुने चुम्लुङका महासचिव निरन्ती तुम्बापोले जानकारी दिए।
सम्मेलनमा साङ्गठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम तय गर्ने महासचिव तुम्बापोले जानकारी दिए। सम्मेलनमा ऐतिहासिकस्थलको संरक्षण, अमूर्त सांस्कृतिक सम्पदाको सूची निर्माण, समाधिस्थलको संरक्षणलगायतका विषयमा छलफल हुनेछ।
चुम्लुङका उपाध्यक्ष कमल लिम्बूले विसं २०७८ को जनगणनाअनुसार नेपालमा तीन लाख ८७ हजार बढी जनसङ्ख्या रहेको बताए।किराँतीको भाषा संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०४६ सालमा यो संस्था स्थापना भएको थियो।
चितवनमा एक हजारको हाराहारीमा लिम्बू समुदायको बसोबास छ। पूर्वी पहाडी जिल्लामा बढी बसोबास गर्ने लिम्बू समुदाय पछिल्लो समय शहरी र तराई क्षेत्रमा बसोबास गर्दै आएका छन्।
फागुन ६, २०७९ शनिबार ११:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।