रामचन्द्रले मागे राष्ट्रपतिमा सहयोग, उपेन्द्रले देखाए उपराष्ट्रपतिमा चासो

रामचन्द्रले मागे राष्ट्रपतिमा सहयोग, उपेन्द्रले देखाए उपराष्ट्रपतिमा चासो

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भेटघाट भएको थियो। जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो।

भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न यादवलाई अनुरोध गरेका थिए। यस्तै यादवले भने उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए।

राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका अजेण्डाहरूमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

फागुन ६, २०७९ शनिबार ०९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।