७ ओभरको खेल सकिँदा २६ रनमा नामिबिया
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा आज नेपाल र नामिबिया भिड्दैछन्। नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।
हाल खेल जारी छ। सातौँ ओभरको खेल सकिँदा नामिबियाले बिना कुनै विकेटको क्षतिमा २६ रन बनाइसकेको छ। नामिबियाको रन रेट प्रतिओभर ३.७१ छ।
सातौँ ओभरसम्म पनि नेपालका लागि करण केसी र सोमपाल कामीले मात्र बलिङ गरेका छन्।
यसअघि हिजो भएको स्कटल्याण्डविरुद्धको खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो।
फागुन ६, २०७९ शनिबार ०९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।