प्रधानमन्त्रीका घरभेटीले ठेक्का पाएको सडक निर्माणसम्पन्न नहुँदै मर्मत गर्नुपर्ने अवस्थामा

प्रधानमन्त्रीका घरभेटीले ठेक्का पाएको सडक निर्माणसम्पन्न नहुँदै मर्मत गर्नुपर्ने अवस्थामा

लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेको 'साततले–भण्डारी गार्मेन्ट–आकाशेधारा बालुवाखानी सडक' र 'आकाशेधारा–राममन्दिर–कृष्ण मन्दिर सडक' को म्याद पुस ३० गते सकियो। तर फागुनको पहिलो साता बित्न लाग्दा पनि यी आयोजना सम्पन्न हुन सकेको छैन।

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गत पुस २८ गते काठमाडौं उपत्यकाका १५ आयोजनाका निर्माण व्यवसायीहरूलाई मन्त्रालयका सचिव, विभागका महानिर्देशक र विभिन्न आयोजनाका प्रमुखसहितको सहभागितामा तोकिएको समयभित्र निर्माण सक्न लिखित बाचा गराएका थिए।

लिखित बाचा गर्नेमध्ये एक हो शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि। यसका सञ्चालक हुन् शारदाप्रसाद अधिकारी। जो, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को खुमलटारस्थित निवासका घरभेटी हुन्।

अल्टिमेटम पाइसकेको कम्पनी शैलुङ कन्स्ट्रक्सनको काठमाडौं जिल्लामा मात्र चार वटा आयोजना पूरा हुन नसकेको अवस्थामा छन्। चारमध्ये यो दुई आयोजनाको म्याद मन्त्रिपरिषद्को निर्णयबाट नै थपिएको भए पनि काम सम्पन्न भने भएन।

थपेको म्याद सकियो, पूरा भएन काम
'साततले–भण्डारी गार्मेन्ट–आकाशेधारा बालुवाखानी सडक' आयोजनामा सडक डिभिजन कार्यालय काठमाडौंले ०७३ साल जेष्ठ २३ गते दिवा-शैलुङ जेभीसँग गरेको सम्झौतामा आयोजना सम्पन्न हुने मिति ०७५ साल जेठ २२ गते छ।

उकेराकर्मी साततलेदेखि बालुवाखानी सडक र आकाशेधारा–कृष्ण मन्दिर सडकसम्म पुग्दा सम्पन्न भइसकेको भनिएको सडकमा गुणस्तरीय काम भएको देखिएन। कुनै ठाउँमा पिच उप्किसकेको छ भने ढलान गरेको सडकमा पनि फलाम बाहिर निस्केको प्रष्टै देखिन्छ।

त्यसैगरी 'आकाशेधारा–राममन्दिर–कृष्ण मन्दिर सडक' त झन् सम्झौता अनुसार ०७४ साल असोज ३० गते नै सम्पन्न भइसक्नु पर्ने थियो। शैलुङ कन्स्ट्रक्सनसँग यस आयोजनाको सम्झौता ०७३ साल असार ३१ गते भएको थियो।

२० करोड ३३ लाख ८९ हजार रुपैयाँमा सम्झौता भएको 'साततले–भण्डारी गार्मेन्ट–आकाशेधारा बालुवाखानी सडक' आयोजनामा हालसम्म ११ करोड आठ लाखभन्दा बढी रकम भुक्तानी भइसकेको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ। 

त्यस्तै  'आकाशेधारा–राममन्दिर–कृष्ण मन्दिर सडक'को लागि पनि ६ करोड ५५ लाख ८० हजार रुपैयाँको सम्झौता भएकोमा तीन करोड ५३ लाखभन्दा बढी रकम भुक्तानी भइसकेको छ।

आयोजना सम्पन्न हुनुअघि नै मर्मत गर्नुपर्ने अवस्था !
उकेराकर्मी साततलेदेखि बालुवाखानी सडक र आकाशेधारा–कृष्ण मन्दिर सडकसम्म पुग्दा सम्पन्न भइसकेको भनिएको सडकमा गुणस्तरीय काम भएको देखिएन। कुनै ठाउँमा पिच उप्किसकेको छ भने ढलान गरेको सडकमा पनि फलाम बाहिर निस्केको प्रष्टै देखिन्छ।

आकाशेधारा–राम मन्दिर सडकमा भने गएको सोमबार (फागुन १) गते मात्र पिच गरिएको रहेछ। लामो समयसम्म धूलो उडिरहेको सडकमा ढिलै भए पनि सडकमा कालोपत्रे हालेपछि केही समयको लागि मात्र भए पनि धूलो उड्दैन भनेर स्थानीयहरू मख्ख पनि देखिए।

साततले कपन क्षेत्र भनेको काठमाडौंमा वर्षाको समयमा अत्यधिक पानी जम्ने ठाउँ हो। साततले चोककै बाटो भने एकदमै कच्ची देखिन्छ। गिट्टी छरपस्ट छ।

साततलेबाट भण्डारी गार्मेन्टसम्म पुग्दा बाटो पिच छ। तर, ठाउँठाउँमा पिच उप्केर बाटो प्वाल परिसकेको छ। त्यस्तै आकाशेधाराको सडकमा; सडकको बीचबीचमा फलाम निस्किसकेको छ। अनि कुनै ठाउँमा भने फलाम निस्कन तयार भएको देखिन्छ।

बलुवाखानी सडकमा भने उप्किसकेको ठाउँमा पिचले टाल्ने गर्ने काम जारी छ।

आकाशेधारा–राम मन्दिर सडकमा भने गएको सोमबार (फागुन १) गते मात्र पिच गरिएको रहेछ। लामो समयसम्म धूलो उडिरहेको सडकमा ढिलै भए पनि सडकमा कालोपत्रे हालेपछि केही समयको लागि मात्र भए पनि धूलो उड्दैन भनेर स्थानीयहरू मख्ख पनि देखिए।

फुटपाथको काम अझै बाँकी रहेको भन्दै यसरी म्याद सकिइसकेपछिको काममा भने जरिवाना लगाएर खर्च भुक्तानी हुने पनि उनले बताए।

राम मन्दिर–कृष्णमन्दिर सडकमा भने पिच गरेको धेरै समय भइसक्यो। त्यहाँ धेरै गाडी नगुड्ने भएर अरू सडक जत्तिको नराम्रो अवस्था छैन। केही ठाउँमा पिच बिग्रेर खाल्डो भने त्यहाँ पनि छ।

उक्त सडकखण्डको भौतिक प्रगति अहिले ७०–८० प्रतिशत रहेको सडक विभाग काठमाडौंका साइट इन्जिनियर तुलाकान्त चौधरी बताउँछन्। उनी भन्छन्, 'निर्माण व्यवसायीले चाह्यो भने अब एक महिनामै सकिन्छ। तर , अब उहाँहरूले कति समय लगाउनुहुन्छ त्यो उहाँहरूकै कुरा हो।' 

फुटपाथको काम अझै बाँकी रहेको भन्दै यसरी म्याद सकिइसकेपछिको काममा भने जरिवाना लगाएर खर्च भुक्तानी हुने पनि उनले बताए।

'लगभग फाइनलको अवस्थामै भएपनि फाइनल मानिहाल्दैनौँ'
त्यस्तै सडक विभागको सूचना अधिकारी समेत रहेका 'साततले–भण्डारी गार्मेन्ट–आकाशेधारा बालुवाखानी सडक' को साइट इन्जिनियर सुनित केसीले भने यस आयोजनाको काम पहिला नै सकिएको भए पनि मर्मत राम्रोसँग नगरेकोले ठेक्का सम्पन्न हुन नसकेको बताए।

आयोजना ढिला सम्पन्न हुनुमा निर्माण व्यवसायीले के कारण देखाउँछन्? भन्ने प्रश्नमा उनी भन्छन्, 'उहाँहरू त यो देशको परिस्थितिले गर्दा ढिला भयो भन्नुहुन्छ नि!'

उनी भन्छन्, 'आयोजना त लगभग फाइनलको अवस्थामै छ। तर, धेरै मर्मत नै गर्नु पर्ने अवस्थामा भएको कारण हामीले त्यसलाई सम्पन्न भएको मानिरहेका छैनौँ। सबै चुस्त मर्मत भएपछि मात्र ठेक्का फाइनल गर्छौँ।' 

मर्मत सम्भार राम्रोसँग भएपछि भने प्रक्रियागत रूपमा आयोजनालाई सम्पन्न भएको मानिने उनको भनाइ छ।

मर्मत सम्भारमा निर्माण व्यवसायीले जति ढिला गर्यो त्यति नै समय तन्किरहने भन्दै मर्मत सम्भार गर्न नसक्ने अवस्था भयो भने पनि आयोजनाको काम फेरि सुरुबाटै गर्नुपर्ने पनि उनले बताए। 

आयोजना ढिला सम्पन्न हुनुमा निर्माण व्यवसायीले के कारण देखाउँछन्? भन्ने प्रश्नमा उनी भन्छन्, 'उहाँहरू त यो देशको परिस्थितिले गर्दा ढिला भयो भन्नुहुन्छ नि!'

लकडाउन र महँगीलाई पनि धेरै निर्माण व्यवसायीले आफ्नो काम ढिला हुनुको कारण मान्छन्। 

यसबारे शैलुङ कन्स्ट्रक्सन कम्पनीका रमेश सुवेदीलाई सम्पर्क गर्न खोज्दा उनको फोन उठेन।

यो पनि,

फागुन ६, २०७९ शनिबार ०९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।