डोटीमा जीप दुर्घटना: दुई जनाको मृत्यु, ६ घाइते
काठमाडौं: डोटीको केआईसिंह गाउँपालिका– १ लोलीमा गए राति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा केआईसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा थप ६ जना घाइते भएका छन्।
घाइतेमध्ये केआईसिंह गाउँपालिका– १ डुम्राकोटका २७ वर्षीय तेज तिरुवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
त्यस्तै डुम्राकोटकै चार वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएको जनाइएको छ।
सामान्य घाइतेलाई उद्धारपछि घर पठाइएको छ भने गम्भीर घाइतेको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। सुपप्र ०१२३ ००१ च ३३२९ नम्बरको जीप दुर्घटना भएको हो।
जीपमा सवार यात्रु शुक्रबार मात्रै भारतबाट आएका थिए। गाडी रिजर्भ गरेर दिपायलबाट केआईसिंह जाँदै गर्दा जीप दुर्घटना भएको हो।
फागुन ६, २०७९ शनिबार ०७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।