उकेरा टप फाइभ : घरेलु सिरिजमा नेपालको दोस्रो जित, किर्तेका मुद्दा खेपिरहेकाहरूप्रति रास्वपाको मोह
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले ३८१ कैदीको भुक्तानी हुन बाँकी कैद सजाय माफी गर्नुका साथै १४ जनाको सजाय माफी गरिन्। यतिमात्र होइन उनले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारले तिर्न बाँकी रकम माफी मिनाह गरिन्।
शुक्रबार नै एमाले अध्यक्षलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल बालकोट पुगे। उनीहरुबीच राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भयो। सो क्रममा अध्यक्ष ओलीले पुस १० गते भएको सम्झौताको स्मरण गराए। यसैदिन अनेरास्ववियुको नयाँ केन्द्रीय समितिलाई सम्बोधन गरे।
यसैदिन आईसीसी विश्वकप लिग–२ अन्तरगत कीर्तिपुरमा भइरहेको प्रतियोगितामा स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्यो। घरेलु लिगमा टिमले लगातार दोस्रो जित निकाल्यो। यसअघिको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको थियो।
अब लागौ टप फाइभतर्फः
उकेराले शुक्रबार विहान गोविन्द गिरी प्रेरणाद्वारा लिखित सुश्री पारिजात पुस्तकको समीक्षा छाप्यो। पुस्तकमा एउटै कुराहरू दोहोरिएका छन्। लेखक गिरीले पुस्तकको पृष्ठ बढाएर प्रकाशक र पाठकको खर्च अनि आफ्नो रोयल्टी बढाउने काम चलाखीपूर्ण तरिकाले गरेका छन्।
पूरा समीक्षाः सुश्री पारिजात : पुरुषहरूको घेराबन्दीमा रहेर पनि पितृसत्तालाई बिझाइरहेकी पारिजातको थुपारिएको जीवनी
दिउँसो उकेराले साप्ताहिक शेयर समीक्षा प्रकाशित गर्यो। यो साता नेप्से परिसूचक ११२.२० अंकले घट्यो। साताभरिको कारोबारको मूल्याङ्कन गर्दा शेयर बजार घट्नुसँगै कारोबार रकममा पनि कमी आयो।
पूरा समीक्षाः साप्ताहिक शेयर समीक्षा : मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि खस्कियो शेयर बजार
अपरान्ह उकेराले रुपन्देहीकी तुल्सा पाण्डेको फिचर प्रकाशित गर्यो। हरेक वर्ष आउने ‘जनयुद्ध दिवस’ ले सैनामैनास्थित बासगढिकी पाण्डेलाई रुवाएर जान्छ। वर्षको एकफेरी फागुन १ गते उनको हातमा अभिनन्दन पत्र थमाइन्छ, जसले उनको पीडा बल्झाइदिने काम मात्र गर्छ।
पूरा फिचरः द्वन्द्वमा दुई छोरा गुमाएकी तुल्सालाई हरेक वर्ष पीडा मात्र थप्न आउँछ ‘जनयुद्ध दिवस’
त्यसपछि उकेराले घरेलु सिरिजमा नेपालले लिग च्याम्पियन स्कटल्याण्डमाथि जित निकालेको समाचार छाप्यो। स्कटल्याण्डले दिएको २७५ रनको विशाल लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेटको नोक्सानीमा पूरा गर्यो। एक समय धरासायी भइसकेको नेपालको ब्याटिङलाई दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले सम्हाल्दै जित दिलाए।
पूरा समाचारः घरेलु सिरिजमा नेपालको लगातार दोस्रो जित, लिग-२ च्याम्पियन स्कटल्याण्ड तीन विकेटले पराजित
साँझपख उकेराले आफूलाई परिवर्तन र सुशासनको पहरेदार भन्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले अपराधलाई प्रोत्साहन गरेको समाचार प्रकाशित गर्यो। सरकारी काजगात किर्ते गरेका अभियुक्त ज्वाला संग्रौलालाई केन्द्रीय सदस्य बनाएर पार्टीले अपराधलाई प्रोत्साहित गरेको छलङ्गै देखियो। यसअघि पनि रास्वपमा किर्ते लाइसेन्स धन्दामा जेल भोगेका र अमेरिकामा ५० भन्दा बढि मुद्दा चलेको पाइएको थियो।
पूरा समाचारः अपराधलाई प्रोत्साहन गर्दै रास्वपा, सरकारी कागज किर्ते अभियुक्त हुँदाहुँदै ज्वालालाई केन्द्रीय सदस्य उपहार
फागुन ५, २०७९ शुक्रबार २२:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।