पुष्कर गौतमसहित १४ जनाको सजाय माफी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले १४ जनाको सजाय माफी गरेकी छन्।
फागुन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसका आधारमा पुष्कर गौतम समेतका १४ जनाको सजाय माफी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको हो।
फागुन ५, २०७९ शुक्रबार २२:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।