राष्ट्रपतिद्वारा ३८१ कैदीको भुक्तान हुन बाँकी कैद सजाय माफी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ३८१ जना कैदीको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेकी छन्।
फागुन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा फागुन ७ गतेबाट लागू हुने गरी विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीको भुक्तान हुन बाँकी कैद सजाय माफ गरेकी हुन्।
नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको हो।
फागुन ५, २०७९ शुक्रबार २२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।