राष्ट्रपति भण्डारीद्वारा स्थानीय तहका उम्मेदवारको जरिवाना माफी मिनाहा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगले तोकेको जरिवानाको रकम माफी मिनाहा गरेकी छन्।
फागुन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा गरेकी हुन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले जरिवाना तोकेको थियो।
फागुन ५, २०७९ शुक्रबार २१:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।