आईपीएलको खेल तालिका सार्वजानिक
एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं सिजनको खेल तालिका सार्वजानिक गरिएको छ।
शुक्रबार सार्वजानिक गरिएको तालिका अनुसार पहिलो खेल गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच ३१ मार्चमा हुनेछ।
अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन र २८ मार्चमा प्रतियोगिताको फाइनल खेल हुनेछ।
५८ दिन चल्ने खेलमा १० टिमबीच ७४ खेल हुने छन्। प्रत्येक टिमले १४ खेल खेल्ने छन्। जसमा ७ खेल आफ्नो घरेलु मैदानमा खेल्दा ७ खेल अवे मैदानमा खेल्नु पर्नेछ।
१० टिमबीच लिग स्टेजका ७० खेल हुनेछन्। लिग चरणपछि अङ्क तालिकामा रहने शीर्ष ४ टिम प्लेअफका लागि छानिने छन्।
प्लेअफको सेड्युल भने सार्वजानिक गरिएको छैन।
फागुन ५, २०७९ शुक्रबार २१:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।