प्रचण्ड फर्किएलगत्तै चिनियाँ राजदूत बालकोटमा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीचको भेट सकिएको केही समयपछि ओलीलाई भेट्न चिनियाँ राजदूत बालकोट पुगेका हुन्।
प्रचण्ड र ओलीको भेटमा राष्ट्रपति निर्वाचन र समग्र राजनीतिक परिवेशको बारेमा छलफल भएको थियो। राष्ट्रपति निर्वाचनको विषयलाई लिएर पछिल्लो केही दिनयता दाहाल र ओलीको भेट बाक्लिएको छ।
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि नै सशंकित बनेको एमाले आफ्नै दलबाट राष्ट्रपति बनाउन चाहन्छ। तर, माओवादी केन्द्र भने राष्ट्रपतिमा राष्ट्रिय सहमतिको रटान लगाइरहेको छ।
उता कांग्रेस महामन्त्री गगन थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काइदिने चेतावनीसमेत दिएका छन्।
फागुन ५, २०७९ शुक्रबार २०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।