कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल

काठमाडौं : ग्यास सिलिण्डर लिक भएर जलेपछि घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरका मुख्य सर्जन डा. सुनिल केसवानीको भनाइअनुसार नेता भण्डारीको दायाँ खुट्टामा ‘डिप इन्जुरी’ रहेका कारण सोचेभन्दा धेरै समय शल्यक्रियामा लागेको, तर खुट्टा सामान्य छ।
दुवै खट्टाको शल्यक्रिया सम्पन्न भएको र दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने ‘अब्जर्वेसन’पछि मात्र निर्णय हुने भण्डारीसँगै मुम्बई गएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए।
बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते भएका थिए।
आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा बिहीबार बिहान निधन भएको हो। नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो।
फागुन ५, २०७९ शुक्रबार १९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।