नरेन्द्र र सुरजलाई इन्जा फोटो पत्रकारिता पुरस्कार

नरेन्द्र र सुरजलाई इन्जा फोटो पत्रकारिता पुरस्कार

काठमाडौं : नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सन्जाल(इन्जा)ले यस वर्षदेखि शुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कार वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ र फोटो पत्रकार सुरेशकुमार श्रेष्ठलाई प्रदान गरिने भएको छ।

शुक्रबार इन्जा ग्लोबलले एक विज्ञप्ति निकालेर दुई वरिष्ठ पत्रकारलाई पुरस्कार दिन लागिएको अध्यक्ष गुणराज लुइँटेलले जानकारी दिए।

२०५२ सालदेखि नेपाल समाचारपत्रबाट फोटो पत्रकारिता शुरु गरेका नरेन्द्र श्रेष्ठले कान्तिपुर पव्लिकेसन, लस एन्जलस टाइम्स, न्यूर्योक टाइम्स, टाइम्स म्यागजिन, गार्डियन डेली, टेलिग्राफ युके, इन्डिपेन्डेन्ट युके, फाइनान्सियल टाइम्स, वालस्ट्रीट जर्नल, द टाइम्स लण्डन,डाइ वेल्ट,नेशनल ज्योग्राफी, वाशिंटन पोष्ट लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन्।

त्यसै गरी पुरस्कृत हुने अर्का फोटो पत्रकार सुरेशकुमार श्रेष्ठ(सुरज)ले पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका छन्।

२०६२ सालबाट फोटो पत्रकारितमा संलग्न रहेका श्रेष्ठ विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध रहेर सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन सफल भएका छन्।

फागुन ५, २०७९ शुक्रबार १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।