राजनीतिक रंग भरिएको ‘छक्का पञ्जा ४’ ट्रेलर सार्वजनिक

राजनीतिक रंग भरिएको ‘छक्का पञ्जा ४’ ट्रेलर सार्वजनिक

काठमाडौं : चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक भएको छ।

शुक्रबार दिउँसो युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरले फिल्म राजनीतिक रंग वरिपरी घुम्ने देखाएको छ।

ट्रेलर हेर्दा दीपकराज गिरी एक नेताको छोराको रूपमा देखिएका छन्। उनी गुन्डागर्दीमा संलग्न छन्, जसकारण जेल जान्छन्। निस्किएपछि राजनीतिमा प्रवेश गर्छन्। तर आफ्नो गुण्डागर्दीकै धङधङीबाट बाहिरिन सक्दैनन्।

फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका हुन्।

आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुती रहेको फिल्मलाई दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे, निर्मल शर्मा, केशव न्यौपाने र दिपेन्द्र खनियाँले निर्माण गरेका हुन्।

फिल्मको कथा दीपकराज गिरीले लेखेका हुन्।

फागुन ५, २०७९ शुक्रबार १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।