मलेसिया बसेर महिलाको चरित्र हत्या, नेपाल झर्नेबित्तिकै पक्राउ

मलेसिया बसेर महिलाको चरित्र हत्या, नेपाल झर्नेबित्तिकै पक्राउ

काठमाडौं : विदेश बसेर महिलाको चरित्र हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट देवाही गोनही नगरपालिका–५ टिकुलिया घर भएका २२ वर्षीय हरिहर प्रसाद यादव रहेका छन्। उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

यादवले पीडित महिलाको बहिनीसमेत भएको तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा चरित्रहत्या हुने अश्लील शब्दहरू लेखेर पोस्ट गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

साथै पीडितका परिवारलाई समेत मानसिक तनाव, दुःख हैरानी दिने गरेको उजुरीका आधारमा रोजगारीको सिलसिलामा मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फागुन ५, २०७९ शुक्रबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।