शान्तिका लागि रुसलाई जमिन दिँदैनौ : राष्ट्रपति जेलेन्स्की

शान्तिका लागि रुसलाई जमिन दिँदैनौ : राष्ट्रपति जेलेन्स्की

काठमाडौं : युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शान्तिका लागि युक्रेनले रुसलाई आफ्नो जमिन नछाड्ने बताएका छन्।

बीबीसीसँगको एक विशेष अन्तर्वार्तामा जेलेन्स्कीले आफ्नो सरकार रुससँगको सम्भावित शान्ति सम्झौतामा भूमि छोड्न तयार नभएको बताएका हुन्।

फेब्रुअरी २४ मा रुस र युक्रेनबीच भएको युद्धको एक वर्ष पूरा हुनेछ। यसअघि उनी बेलायती नेताहरूलाई भेट्न लण्डन पुगेका थिए।

यस अवसरमा बीबीसीलाई दिएको विशेष अन्तर्वार्तामा उनले रुसलाई जमिन दिए उसले अझै पनि मिच्दै जाने बताए।

उनले भने, ‘रुसी आक्रमण चारैतिरबाट हुन थालेको छ। आधुनिक हतियारहरूले शान्तिको प्रक्रियालाई गति दिन्छ, किनभने हतियारहरू मात्र रुसले बुझ्ने भाषा हो।’

फागुन ५, २०७९ शुक्रबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।