कीर्तिपुरमा स्कटल्याण्डका लिस्कले हाने शतक, नेपाललाई खेल जित्न २७५ रनको विशाल लक्ष्य
काठमाडौं : आईसीसी विश्वकप लिग-२ काे त्रिकोणात्मक ओडीआई सिरिजमा स्कटल्याण्डविरुद्धको खेलमा नेपालले जितका लागि २७५ रनको विशाल लक्ष्य पाएको छ।
टीयू खेल मैदान कीर्तिपुरमा भएको खेलमा माइकल लिस्कको शतकको सहयोगमा स्कटल्याण्डले २७४ रनको योगफल बनायो।
खेलमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो।
स्कटल्याण्डका लागि माइकल लिस्कले शतक पूरा गरे। लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित अविजित १०७ रनको योगदान दिएका हुन्।
नेपालको सानदार बलिङको अगाडि कुनै समय स्कटल्याण्डले २४.२ ओभरमा मात्र १११ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो। तर माइकल लिस्क एक्लैले स्कटल्याण्डको इनिङलाई पार लगाए।
उनी बाहेक अन्य ब्याटरले गतिलो रन जोड्न सकेका थिएनन्।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए। त्यसैगरी कुशल मल्लले २ तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।
फागुन ५, २०७९ शुक्रबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।