रन बनाउन सङ्घर्षरत स्कटल्याण्ड, सन्दीप र कुशलले लिए दुई-दुई विकेट
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा आज नेपाल र स्कटल्याण्ड भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो।
हाल २१औँ ओभरको खेल चलिरहँदा स्कटल्याण्डले चार विकेट गुमाइसकेको छ। समाचार तयार पार्दासम्मको स्थितिमा स्कटल्याण्ड ८७ रनमा खेलिरहेको छ। रन रेट पनि ४.२८ प्रति ओभर मात्र छ।
स्कटल्याण्ड रन बनाउन सङ्घर्षरत छ।
नेपालका लागि चार विकेट लिनेमा सन्दीप लामिछाने र कुशल मल्ल छन्। सन्दीपले दुई र कुशलले दुई विकेट हात पारेका हुन्।
फागुन ५, २०७९ शुक्रबार १०:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।