अनेरास्ववियुको २३औँ महाधिवेशन: अध्यक्षमा बडाल निर्वाचित
काठमाडौं: एमालेनिकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएका हुन्।
प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलका अनुसार बडालले नौ सय ६२ तथा लामिछानेले तीन सय ५६ मत प्राप्त गरे।
यस्तै उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत) निर्वाचित भए। महासचिवमा नरेश रोकाया ७३३ मत प्राप्त गरी विजय भए।
यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भए।
अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो। निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन्।
महाविधेशनमा एक हजार ५८८ प्रतिनिधि सहभागी थिए।
फागुन ५, २०७९ शुक्रबार ०८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।