आजबाट सुरु हुँदै ‘कर्णाली उत्सव’
काठमाडौं: ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस हुने उत्सव फागुन ७ गतेसम्म चल्नेछ।
आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार उक्त उत्सव सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रूपमा लिइएको छ। उनले भने, “कर्णालीका विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौँ।”
कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको लम्सालले बताए।
उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले १६ भन्दा बढी सत्रमा ६० भन्दा बढी वक्ता बोल्ने कार्यक्रम रहेको बताए। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उत्सवको उद्घाटन तथा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले आमन्त्रितलाई स्वागत गर्नेछन्।
फागुन ५, २०७९ शुक्रबार ०७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।