उकेरा टप फाइभ : सेन्सर बोर्डका कर्मचारीको ध्यान सेन्सरभन्दा बढि खाजामा, ग्यास लिक भएर जलेका सांसद्लाई मुम्बई लगियो

काठमाडौं : ग्यास लिक भएर जलेर घाइते भएका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीलाई बिहीबार भारतको मुम्बई पठाइयो। थप उपचारका लागि डाक्टरको टिमसहित उनलाई चार्टड विमानमार्फत मुम्बई लगियो।
राजनीतितर्फ बिहीबार एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि विद्युतीय मतदान भयो। आजै नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो। विदुर नगरपालिका–१२ चैनपुरमा भएको दुर्घटनामा रामप्रसाद अर्याल दम्पत्ती र बाबुराम दर्जीको मृत्यु भयो।
अब लागौं टप फाइभतर्फः
बिहीबार विहान उकेराले चलचित्र विकास बोर्डले गर्ने सेन्सरमा हुने गरेको लापरबाहीको बारेमा समाचार प्रकाशन गर्यो। समाचारमा फिल्मको विषयवस्तुमा नभएर खाजाको डिमाण्डमा कर्मचारीको ध्यान हुने उल्लेख छ।
पूरा समाचारः कर्मकाण्डी सेन्सर बोर्ड : फिल्मको विषयवस्तुमा होइन खाजाको 'डिमाण्ड'मा हुन्छ कर्मचारीको ध्यान, सजिलै पच्छन् समाजलाई घातक हुने दृश्यहरू
बिहीबार दिउँसो उकेराले लुम्बिनी बौद्ध विश्वविद्यालयको सुधारका लागि काम गरेका डा. तिलक आचार्यको योगदानको विषयमा समाचार प्रकाशन गर्यो। समाचारमा पूर्वाधार निर्माणसँगै प्राज्ञिक विकासलाई पनि उत्तिकै ध्यान दिएको उल्लेख गरिएको छ।
पूरा समाचारः डा. तिलक आचार्य, जसले गुमनाम विश्वविद्यालयलाई विदेशी विद्यार्थी समेत पढ्ने थलो बनाए
बिहीबार नै उकेराले नियमित स्तम्भ हिजोका कुरामा प्राध्यापक हरिहर खनालका अुनवभ समेटियो। पोखरास्थित मौजारात्रि पाठशालाबाट आठ कक्षा पास गरेपछि उनी हेडमास्टर बने। चितवनको लोथर खोलादेखि उत्तरमा हुम्पुङ नाम गरेको एउटा गाउँ छ। त्यसै गाउँको धमगैरा प्राथमिक विद्यालयमा उनले हेडमास्टरको जागिर सुरू र डेढ वर्ष काम गरे।
पूरा समाचारः हिजोका कुरामा प्राध्यापक हरिहर : आठ कक्षा पास भएपछि हेडमास्टर, त्यसपछि एसएलसीमा फेल
बिहीबार नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो। २५ जना घाइते भए। उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा लगिएका २५ जनामध्ये पाँच जनाको अवस्था गम्भीर छ। जसमध्ये चार जनालाई काठमाडौं रेफर गरियो।
पूरा समाचारः नुवाकोट दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, २५ जना घाइते
ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगियो। नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको ‘मेडिकल एयर इभ्याक्युएसन’ टोली संलग्न भएर उनलाई श्री एयरलाइन्सको चार्टड विमानमार्फत लगियो।
पूरा समाचारः सांसद भण्डारीलाई चार्टड एयरमार्फत मुम्बई लगियाे
फागुन ४, २०७९ बिहीबार २२:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।