अमेरिकाले बङ्गलादेशमाथिको प्रतिबन्ध नहटाउने

अमेरिकाले बङ्गलादेशमाथिको प्रतिबन्ध नहटाउने

एजेन्सी : गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने भएको छ।

विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण क्रममा ढाका पुगेर छलफल गरेपछि यस्तो निष्कर्षमा पुगेको हो।

यद्यपि भेटमा सरकारी प्रतिनिधिहरूसँग सुरक्षा सहयोगका बारेमा छलफल भने भएको थियो। वासिङ्टनले मानव अधिकार उल्लङ्घन गरेको आरोपमा र्यापिड एक्सन बटालियन (आरएबी)माथि प्रतिबन्ध लगाएपछि बङ्गलादेशको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारीमध्ये चोलेट एक हुन्।

‘यदि कहीँ कतै लोकतन्त्रमा समस्या आयो भने यसले हामी सबै मिलेर के गर्न सक्छौँ भन्ने कारण खोज्नु जरूरी छ,’ चोलेटले बुधबार आफ्नो भ्रमणको समापनमा भने।

आफूहरू बङ्गलादेशलाई कानून र सुरक्षाको शासनलाई मजबुत बनाउन निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको भन्दै उनले जवाफदेहिता नदेखेसम्म दिगो सुधारका लागि हातोमालो गर्न नसकिने बताए।

ढाका र वासिङ्टनबीच सामान्यतया न्यानो सम्बन्ध छ। उनीहरूले सुरक्षाका मुद्दाहरूमा सहयोग गर्छन् र बङ्गलादेशले प्रायःसंयुक्त राष्ट्रसङ्घमा संयुक्त राज्य अमेरिकाको पक्षमा मतदान गर्दछ।

अधिकारवादी समूहका अनुसार सन् २००९ मा हसिना सत्तामा आएयता सुरक्षा फौजले करिब दुई हजार ५०० बङ्गलादेशी नागरिकको हत्या गरिसकेको छ। 

आरएबीलाई अधिकारवादी समूहहरूले राजनीतिक विरोधीहरूको हत्या गरेको र पीडितहरूलाई उचित कानूनी प्रक्रियाबाट बञ्चित गर्न गोली हानाहान गरेको आरोप लगाएका छन्।

सरकारले बेपत्ता र गैरन्यायिक हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ भने एक मन्त्रीले वेपत्तामध्ये केही बङ्गलादेशबाट भागेको बताएका छन्।

सन् २०२१ को डिसेम्बरमा लगाइएको अमेरिकी प्रतिबन्धमा सात जना बहालवाला वा पूर्वआरएबी अधिकारीहरूको सम्पत्ति रोक्का र भिसा प्रतिबन्ध लगाइएको थियो।

फागुन ४, २०७९ बिहीबार १९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।