नुवाकोट दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, २५ जना घाइते

नुवाकोट दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, २५ जना घाइते

काठमाडौं : नुवाकोटमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–६ भमराका रामप्रसाद अर्याल, उनकी पत्नी सीतादेवी अर्याल र खड्गभञ्ज्याङका बाबुराम दर्जी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार रामप्रसाद र बाबुरामको घटनास्थलमै र सीतादेवीको उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।

जिल्लाको विदुर नगरपालिका–४ बट्टारबाट दाङसिंह जाँदै गरेको बा २ ख ८४४५ नम्बरको बस आफैँ अनियन्त्रित भई विदुर नगरपालिका, चैनपुरमा दुर्घटना भएको हो।

अस्पताल पुर्याइएका २६ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेकामा चार जनालाई काठमाडौं रेफर गरिएको त्रिशुली अस्पतालका सूचना अधिकारी रिकेश रानामगरले जानकारी दिए।

उनका अुनसार १० जनाको अवस्था मध्यम रहँदा अन्य १० जनाको अवस्था सामान्य रहेको छ। एक जनाको भने बाटोमै ज्यान गएको रानामगरले बताए।

फागुन ४, २०७९ बिहीबार १९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।