कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख ठगी, बिजी मलबाट एक जना पक्राउ

कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख ठगी, बिजी मलबाट एक जना पक्राउ

काठमाडौं : कम्बोडिया पठाइदिन्छु भनेर १२ लाख ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ नयाँ बसपार्क बस्ने २४ वर्षीय तपेन्द्र सिंह रहेका छन्।

सिंहले पीडितहरूबाट १२ लाख रूपैयाँ रकम लिई ठगी गरेको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक साेमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रहरीले सिंहलाई गोंगबुस्थित बिजी मलबाट पक्राउ गरी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।

फागुन ४, २०७९ बिहीबार १८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।