घटेर आयो इन्धनको मूल्य
काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ९७ पैसा र डिजेलमा प्रतिलिटर ६ रूपैयाँ ४० पैसा घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ।
यसअघि भारतीय आयल कर्पोरेसनले पेट्रोल र डिजेलको मूल्य बढाएको पठाएपछि निगमले प्रतिलिटर ३–३ रुपैयाँ बढाएको थियो।
अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको कच्चा तेलको मूल्यमा भारतीय आयल कर्पोरेसनले पठाउने मूल्य निर्भर रहन्छ।
फागुन ४, २०७९ बिहीबार १७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।