काठमाडौंबाट कलकत्ता उड्न लागेको विमानबाट प्रतिबन्धित भारुसहित टुकाराम पक्राउ

काठमाडौंबाट कलकत्ता उड्न लागेको विमानबाट प्रतिबन्धित भारुसहित टुकाराम पक्राउ

काठमाडौं : भारतको कलकत्ता उड्न लागेको विमानबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रूपैयाँ सहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका उनलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो।

बरामद भारतीय रुपैयाँ सहित उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्वन अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।

फागुन ४, २०७९ बिहीबार १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।