दाङमा ग्यास सिलिण्डर पड्कियो, दुई जना घाइते

काठमाडौं : खाना पकाउने ग्यास सिलिण्डर पड्किदा दाङमा दुई जना घाइते भएका छन्।
तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा बिहीबार बिहान पौने १२ बजे बजे ग्यास सिलिण्डर पड्किदा सोही ठाउँकी ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर–१६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खाना पकाउने क्रममा ग्यास लिक हुँदा सिलिण्डर पड्किएपछि उनीहरू घाइते भएका हुन्। घाइते दुवै जनालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ।
फागुन ४, २०७९ बिहीबार १५:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।