हिमपात नहुँदा यस वर्ष छिट्टै खुले मनाङका विद्यालय
मनाङ : यस वर्ष हिमपात कम हुँदा हिमाली जिल्ला मनाङमा विद्यालय छिट्टै खुल्न थालेका छन्।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसर मनाङको तल्लो क्षेत्रमा विद्यालय खुल्न थालेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि मात्रै खुल्ने छन्।
यस वर्ष हिमपात नहुँदा विद्यालय अलि छिट्टै सञ्चालन गरिएको उनले बताए। हिमपात नभएपछि मनाङवासी छिट्टै फर्किएका कारण अभिभावकसँगै बालबालिका पनि आएपछि विद्यालय खुलेका हुन्।
विद्यालयका विद्यार्थी तथा शिक्षक मंसिरको अन्तिम साता अर्धवार्षिक परीक्षा सकेर चिसो छल्न बेसी झरेका थिए।
माथिल्लो मनाङमा भने बढी चिसो हुने हुँदा यस क्षेत्रका शिक्षक तथा कर्मचारीसमेत चैतमा मात्रै विद्यालय आउने गरेका छन्।
फागुन ४, २०७९ बिहीबार १३:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।